जेएनयु हमलाको प्रतिवादमा एसएफआई-को र्‍याली

सिलगढी : दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा भएको हमलाको प्रतिवादमा एसएफआई-ले सिलगढीमा आज एउटा धिक्कार र्‍याली निकाल्यो। उक्त र्‍याली सिलगढीको हिलकार्ट रोडस्थित अनिल विश्वास भवन अघिबाट शुरू गरेर विभिन्न पथहरूको परिक्रमा गरेर अन्तमा भेनस मोड़मा पुगेर समापन गरियो। यसपछि भेनस मोड़मा पार्टीका सदस्यहरूले गृहमन्त्री अमित शाहको पुतला दहन गरे। यस अवसरमा एसएफआई नेता सागर शर्मालगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *