जेएनयु हमलाको प्रतिवाद र हड़तालको समर्थनमा र्‍याली

धुपगुड़ी : धुपगुड़ीमा पनि दिल्लीको जेएनयुमा भएको हमलाको प्रतिवाद साथै आगामी 8 जनवरीको दिन श्रमिक संगठनले डाकेको राज्यव्यापी हड़तालको समर्थनमा एसएफआई र सिटू-को तर्फबाट एउटा र्‍यालीको आयोजना गरियो। उक्त र्‍याली आज बैरातीगुड़ी हाई स्कुल अघिबाट शुरू गरेर सहरको विभिन्न मार्गहरूको परिक्रमा गर्यो। उक्त र्‍यालीमा एसएफआई नेत्री सोमा मण्डल, करिश्मा चौधरी, माकपाको पूर्व विधायक ममता राय, बिधु शीललगायत अन्य सदस्यहरू सामेल थिए। र्‍यालीको अन्तमा गैरकाटा बस स्ट्याण्डमा एउटा पथसभाको पनि आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *