जोगीघाट मेलामा जीटीए चोयरम्यान अनित थापालाई सम्मान

मङपु : मङ्पु लाब्दा विभागको आयोजनामा सम्पन्न भइरहेको जोगीघाट सांस्कृतिक मेलाको तेस्रो दिन आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन बीओए अध्यक्ष अनित थापाको प्रमुख आतिथ्य साथै चमनसिंह प्रधानको अध्यक्षतामा विविध रंगारंग कार्यक्रमहरू सम्पन्न भयो। आजको कार्यक्रममा आयोजक समितिले लाब्दा विभाग अन्तर्गत पर्ने मेधावी विधार्थीहरुलाई सम्वर्द्धना जनाइयो।


यसको साथै मङपुको एक समयको ख्यातिप्राप्त म्युजिकल ब्याण्ड राइजिङ्ग ब्याण्डले न्यू राइजिङ्ग ब्याण्डको नाम गरेर विभिन्न सुमधुर गीतहरू प्रस्तुत गरे। यस अवसरमा मङपु फोटोग्राफी सोसाइटीको तर्फबाट जीटीए अध्यक्ष अनित थापालाई स्मृति चिन्ह प्रदान गर्दै सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *