जोगमाया चियाबारीमा नयाँ सड़क निर्माण कार्य शुरू

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको जोगमाया चियाबारीमा नयाँ सड़क निर्माण कार्य शुरु गरिएको छ। जोगमाया चियाबारी अन्तर्गत एनएच 55 मा रहेको गोलकोटीदेखि बस्ती गाउँसम्म पुग्ने एक किलो मिटर सड़क निर्माणको कार्य आज ठेकेदार बबी प्रधानद्वारा पूजा गरेर शुरू गरिएको छ। यस अवसरमा गोजमुमो तीनधारे महानदी समष्टीका सभापति रबीन सुब्बा, जोगमाया बुथ कमिटीको सभापति जीवन मंगर, सचिव रञ्जित मंगर र कन्भेनर महेश मंगर लगायत अन्यहरू उपस्थित थिए। सड़क निर्माणपछि स्थानीयहरूलाई धेरै सुविधा हुने भएकोमा स्थानीयहरूले खुशी व्यक्त गरेका छन्। स्थानीयहरूले जीटीए चेयरम्यान अनित थापा, ठेकेदार बबी प्रधान लगायत गोजमुमो जोगमाया चियाबारीको कमिटीप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *