जोइन्ट एन्ट्रेन्सको परीक्षामा राज्यमा दोस्रो स्थान ओगटेका हिमाङ्शु शेखरलाई संवर्द्धना

सिलगढी : जोइन्ट एन्ट्रेन्सको परीक्षामा राज्यमा दोस्रो स्थान ओगटेका हिमाङ्शु शेखरलाई सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकारले संवर्द्धना जनाए। डेपुटी मेयर रञ्जन सरकार र स्थानीय वार्ड काउन्सिलर सिबिका मित्तल आज सिलगढीको 41 नम्बर वार्डस्थित हिमाङ्शु शेखरको घरमा पुगेर तिनलाई मिठाई खुवाउनको साथै फुलको गुच्छा प्रदान गरेर संवर्द्धना जनाए। यसको साथै तिनको उज्जवल भविष्यको लागि कामना पनि गरे। यस अवसरमा रञ्जन सरकारले भने, जोइन्ट एन्ट्रेन्सको परीक्षामा राज्यमा दोस्रो स्थान ओगटेर हिमाङ्शु शेखरले सिलगढीको नाम उच्च पारेको छ। हिमाङ्शुको उज्ज्वल भविष्य होस् भन्ने आफूहरूको चाहना रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *