जोरापानी नदीबाट अज्ञात महिलाको शव उद्धार

फुलबारी: एनजेपी पुलिसले फुलबारी 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत छोबाभिटा इलाकाको जोरापानी नदीबाट एकजना लगभग 50 वर्षीय अज्ञात महिलाको शव उद्धार गरेको छ। स्थानीय मानिसहरूले आज बिहान नदीमा उक्त महिलाको शव देखेपछि यसबारे पुलिसलाई जानकारी दिए। खबर पाउन साथ एनजेपी पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइदिएको छ। पुलिसले मामिलाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *