जोडापानी नदीमाथि पुल नभएकोले इलाकावासीहरू समस्यामा

राजगञ्ज : फुलबारी 1 नम्बर ग्राम पञ्चायत इलाकाका बासिन्दाहरूले धेरै दिन अघिदेखि अम्बिकानगर निचपाडाको जोडापानी नदीमाथि पुलको निर्माण गर्ने माग गर्दै आइरहेका छन्। उक्त इलाकाका धेरैजसो मानिसहरू नदी पारीस्थित कारखानामा काम गर्ने गरेकोले गर्दा पुल नभएको कारण तिनीहरू पैदललै नदी पार गरेर दिनहुँ आफ्नो काममा जान बाध्य भइरहेका छन्। यसको साथै वर्षाको समयमा नदीको जल स्तर बढेपछि तिनीहरू लामो बाटो भएर आफ्नो कार्यस्थलमा जाँदा निक्कै समस्या हुने गरेको तिनीहरूले गुनासो पोखेका छन्। यसैले गर्दा इलाकावासीहरूले उक्त नदीमा चाँडै पक्का तथा फलामको पुल निर्माण गर्ने माग गरेका छन्। यस विषयमा जलपाईगढी जिल्ला परिषद्का सदस्य देवाशीष प्रमाणिकले बताएअनुसार इलाकामा विकासमूलक कार्य गर्दै आइरहेको साथै पुल निर्माणको लागि उत्तरबंग विकास कार्यालयमा परियोजना पठाउने एवम् पुल निर्माण गर्ने प्रयास गरिने छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.