जोरापानी पुलमाथिको अवैध दोकानहरू भत्काइदियो सिलगढी नगरनिगमले

सिलगढी : सिलगढी नगरनिगमको 35 नम्बर वार्डको विवादी क्लब संलग्न राजाहोली इलाकामा जोरपानी नदीमाथिको पुल दखल गरेर केही दोकानेहरूले व्यवसाय चलाइरहेका छन्। उक्त पुलमाथि अस्थायी दोकानहरू बनाएर व्यवसाय चलाइरहेको थियो। सिलगढी नगरनिगमको तर्फबाट बारम्बार त्यहाँबाट दोकान हटाउने निर्देश दिए तापनि व्यवसायीहरूले त्यहाँबाट दोकानहरू हटाएको थिएन। यसैले आज एनजेपी थाना पुलिसको सहयोगमा सिलगढी नगरनिगमले पुलमाथि रहेको 3 वटा दोकान भत्काइदिनको साथै आगामी दिनमा त्यहाँ दोकान नथाप्ने निर्देश दिएको छ। अर्कोतिर, नगरनिगमको उक्त अभियानले गर्दा स्थानीय व्यवसायीहरू क्षुब्ध बनेका छन्। तिनीहरूको भनाइ अनुसार धेरै लामो समय अघिदेखि आफूहरूले पुलमाथि दोकान चलाउँदै आइरहेका छौँ। यसरी दोकान भत्काइ दिएपछि अब कसरी परिवार चलाउने भन्दै तिनीहरूले क्षोभ प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *