जोरबङ्ला कलेजको हडताललाई प्रतिभा प्रेरणा परिषद्-को समर्थन

घुम : शिक्षाको क्षेत्रमा भएको लापर्वाहीलाई लिएर दु:ख प्रकट गर्दै घुम जोरबङ्ला महाविद्यालयको जारी रिले भोक हडताललाई बिजनबारीको साहित्यिक संस्था प्रतिभा प्रेरणा परिषद्ले पनि समर्थन जनाएको छ। सरकारी मान्यता दिनु पर्ने माग लिएर घुम जोरबङ्गलो कलेज परिसरमा नै चलिरहेको अनशन स्थलमा पुगेर साहित्य क्षेत्रका व्यक्तित्वहरू पनि जोडिन आवश्यक रहेको छ भन्दै आवश्यक सहभागिताका लागि अघि आउने पनि तिनीहरूले जनाएका छन्। बिजनबारीको प्रतिभा प्रेरणा परिषदको पक्षमा सुजनहाङ सुब्बा, कैलाश राई लगायत अन्य घुम जोरबङ्गलो कलेजमा चलिरहेको अनशन स्थलमा आएर आज अनशनकारीहरूको मनोबल बढ़ाउँदै खदार्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *