जोरबङ्लो महाविद्यालयमा पेनडाउन हडताल जारी

घुम : सरकारी मान्यताको मागमा घुम जोरबङ्लो महाविद्यालयमा चलिरहेको पेनडाउन हड्ताललाई आज पनि जारी रह्यो। यस अभियानलाई विभिन्न समाज, अराजनैतिक सङ्गठन साथै केही राजनीतिक पार्टीहरूले समेत समर्थन जनाउन थालेका छन्। यो एउटा सामाजिक समस्या र शिक्षाजस्तो महत्वपूर्ण विषय भएकाले गर्दा नै विद्यार्थीहरू, अभिभावकगण अनि विभिन्न सङ्घ-संस्थाहरू समर्थन जनाइरहेका कुरा प्रा. श्रेया लेप्चाले जनाएकी छन्। तिनले अझ भनिन्, आफुहरूको माग पूर्ण नभएसम्म अभियान जारी रहनेछ। यसको साथै आगामी 6 मईदेखि भोक हड्ताल शुरू हुनेछ र यो अराजनैतिक अभियान हो।


वर्तमान समयमा भइरहेको अवस्थाप्रति दुःख व्यक्त गर्दै शिक्षकहरूको समर्थनमा विद्यार्थीहरू अघि आएका छन्। महाविद्यालयका समस्यालाई सम्बन्धित विभागले सुनिदिने अनुरोध पनि विद्यार्थीले गरेका छन्। त्यसरी नै गोर्खा बेरोजगार प्राथमिक शिक्षक सङ्गठनले पनि घुम जोरबङ्लो महाविद्यालयको ‘शिक्षा सडकमा’ अभियानलाई समर्थन जनाएको छ। यसैगरी, आज गोर्खा बेरोजगार प्राथमिक शिक्षक सङ्गठनले पनि घुम जोरबङ्लो महाविद्यालयको ‘शिक्षा सडकमा’ अभियानलाई समर्थन जनाएको छ। शिक्षा व्यवस्थामा भएको वर्तमान अवस्थाप्रति दुःख व्यक्त गर्दै तिनले घुम जोरबङ्लो महाविद्यालयलाई सबैले साथ र सहयोग गरिदिने अपिल गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *