जोरबङ्ग्लो चौसठ लाइनस्थित घरमा आगलागी हुँदा सर-समान जलेर नष्ट

दार्जिलिङ : जोरबङ्ग्लो चौसठ लाइनमा आज बिहान लगभग 10.30 बजेतिर स्व. पीपी सुब्बाको घरमा आगलागी हुँदा घरमा भएको लाखौँ रुपियाँको सर-समानहरू जलेर नष्ट भएको छ। घटनाको जानकारी पाएर जोरबङ्ग्लो थाना प्रभारी मिङ्गमा लेप्चाले दार्जिलिङ अग्नि शमन विभागलाई खबर दिएपछि अग्निशमन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्यायो। तथापि, आगोको चपेटमा परेर उक्त घरमा भाडामा बस्ने 67 वर्षीय शिव माया छेत्री घाइते भएपछि उपचारको निम्ति दार्जिलिङ सदर अस्पताल पठाइएको छ।


आगलागीको खबर पाएर गोजमुमो केन्द्रिय सदस्य राजेश चौहान, गोजमुमो जोरबङ्ग्लो समष्टि सभापति शङ्कर छेत्रीजोरबङ्ग्लो थाना टीम, अग्नि शमन विभागका कर्मचारी लगायत स्थानीय मानिसहरू घटनास्थलमा पुगे। पीडित वृद्धाको छोरा शङ्कर छेत्रीले बताएअनुसार आमाले रोटी पोलिरहेको समय अचानक आगो लागेको साथै उक्त आगलागीमा लगभग 10 लाख रुपियाँको सम्पति नष्ट भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *