जोरबङ्लो कलेजको रिले अनशनलाई सांसद शान्ता छेत्रीको समर्थन

घुम : सरकारी मान्यताको मागमा घुम जोरबङ्लो महाविद्यालयमा गत केही दिन अघिदेखि चलिरहेको रिले अनशनलाई समर्थन गर्दै आज हिल तृणमूल नेत्री तथा राज्य सभा सांसद शान्ता छेत्री अनशन स्थलमा पुगिन्। घुम जोरबङ्लो महाविद्यालयको समस्या अहिले पहाडमा प्रमुख विषय बनेको छ। अहिले राजनैतिक, सामाजिक एवम् विभिन्न सङ्गठनका व्यक्तिहरूले समर्थन दिने क्रम लगातार जारी छ। यसै क्रममा आज सांसद शान्ता छेत्री घुम जोरबङ्गलो कलेजमा शिक्षकहरूद्वारा गरिरहेको अनशन स्थलमा पुगेर भेट गर्नको साथै तिनीहरूको मागलाई समर्थन जनाइन्। यसको साथै उक्त मागलाई लिएर आफ्नो पूर्ण समर्थन रहेको कुरा अवगत गराउनको साथै यसको समाधानको लागि आफुबाट हुन सक्ने सक्दो सहयोग पुऱ्याउने कुरा आज पत्रकारहरूसितको कुराकानी सांसद शान्ता छेत्रीले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *