जोरबङ्ग्लो हत्या काण्ड: हत्याको आरोपमा सुरेन कार्की र रोहित राई पक्राउ

जोरबङ्ग्लो: जोरबङ्ग्लो सिञ्चेल डायरी क्षेत्रमा हत्या भएको 24 घण्टा पनि राम्ररी नबित्दै दुई जना आरोपीलाई पुलिसले पक्राउ गर्न सफल भएको छ। जोरबङ्ग्लो थाना अन्तगर्त सिञ्चेल डायरी क्षेत्रमा हिजो बिहिवार गाडीधुराको बीचगाँउ निवासी 39 वर्षीय सुवास गुरूङको धारिलो हतियारले हिर्काएर हत्या गरिएको थियो भने उक्त हत्याकाण्डका दुई आरोपी सुरेन कार्की (49) र रोहित राई (41) लाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सुरेन कार्की सिञ्चेल डायरी नजिक निवासी हुन भने दोस्रो आरोपी रोहित राई त्यसै क्षेत्र निवासी रहेको बताइको छ।


पक्रा परेका व्याक्तिहरूले पुलिस समक्ष आफ्नो अपराध स्वीकार गरिसकेको कुरा पुलिस सूत्रमार्फत थाहा लागेको छ। सुवास गुरूङको हत्या किन अनि के कारणले भयो भन्ने बारे हालसम्म थाहा नलागेको तथापि अब दुई जना हत्या आरोपी पक्रा परेकोले यस घटनाको खुलासा हुने बताइएको छ। जोरबङ्ग्लो पुलिसले ती दुवै हत्या आरोपीमाथि हत्याको मुद्दा दर्ता गरेर दुवैलाई आज दार्जिलिङ न्यायालयमा पेश गरियो। न्यायालयले तिनीहरूलाई घटनाको विस्तृत जाँच गर्नको लागि पुलिस न्यायिक हिरासतमा पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *