जोरबङलो सुकेपोखरीको पञ्चायत क्षेत्रमा इभिएम डेमोस्ट्रेसन प्रोगाम

सुकेपोखरी : आगामी विधानसभा चुनाउलाई केन्द्र गरेर जोरबङलो सुकेपोखरी खण्डको सम्पूर्ण ग्राम पञ्चायत क्षेत्रमा इभिएम डेमोस्ट्रेसन प्रोग्राम धारावाहिक रूपमा शुरू गरिएको छ। यसै क्रममा पोख्रेबुङ ग्राम पञ्चायत तीनका पञ्चायत कर्मीहरूले इभिएम मसिनको डेमोस्ट्रेसन गर्दै मतदाताहरूलाई यसको प्रयोगबारे जानकारी गराए। चुनाउ आयोगको निर्देशमा तथा खण्ड विकास अधिकारीको पहलमा सम्पन्न यस कार्यक्रममा इभिएममा रहेको भीभी प्याड, ब्यालेट युनिट तथा कन्ट्रोल युनिटबारे जानकारी गराइयो। यस अवसरमा पञ्चायत कर्मी मविन तामाङले आगामी विधानसभा चुनाउमा कोभिड 19-को संक्रमणलाई ध्यानमा राखेर सेनिटाइजर, पञ्जा आदिको पनि व्यवस्था गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *