जोटियाकाली संलग्न इलाकामा सडकको शिलान्यास

फूलबारी (निसं): सिलगढी-जलपाइगढी विकास प्राधिकरण (एसजेडीए)-का चेयरम्यान सौरव चक्रवर्तीले आज सडक निर्माण कार्यको शिलान्यास गरे। चेयरम्यानले आज बिहिबार फुलबारी-2 ग्राम पञ्चायतको जोटियाकाली संलग्न इलाकामा सडकको शिलान्यास गरे। प्राप्त जानकारी अनुसार एसजेडीए-को सहयोगमा 1 करोड 42 लाख रुपियाँको लागतमा लगभग डेढ़ किलोमीटर सडकको निर्माण गरिने भएको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *