जर्नी टाइम्स अनलाइन मिडियाद्वारा मगरजोङका दुई मेधावी विद्यार्थी सम्मानित

सुकेपोखरी : जर्नी टाइम्स अनलाइन मिडियाद्वारा मगरजोङ क्षेत्रबाट यस वर्षको उच्चत्तर परीक्षामा उत्कृष्ट अङक ल्याएर उतीर्ण हुने दुईजना मेधावी विद्यार्थीलाई सम्मानित गरियो। ती विद्यार्थीहरू क्रमैले  मगरजोङ ठुलो गाउँ निवासी केशव शर्मा अनि अनिश राई हुन्।  सेन्ट रोबर्टस उच्चत्तर माध्यमिक विधालयका ती दुई विद्यार्थीले 90 प्रतिशत र 85 प्रतिशत अङ्क प्राप्त गरेका छन्।


जर्नी टाइम्सका मेनेजिङ डाइरेक्टर विवेक सार्कीले ती दुई विद्यार्थी साथै तिनका अभिभावकलाई  खदा लगाइ दिनको साथै प्रोत्साहन स्वरूप स्मृति चिन्ह प्रदान गरे। गोजमुमो महकुमा समिति सांगठनिक सचिव प्रमोद शर्माको बाहुलीबाट सम्मान पत्र प्रदान गरियो भने कार्यक्रमलाई  भूषण राईले सञ्चालन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *