जय बाङ्ग्ला संगठनद्वारा सिलगढीमा बिमल खेमाको जनसभाको विरोध

सिलगढी : जय बाङ्ग्ला संगठनले सिलगढीमा आयोजित गोजमुमो बिमल खेमाको जनसभाको विरोध जनाउँदै आज यहाँको भेनस मोडमा विरोध प्रदर्शन गर्यो। आज संगठनका सदस्यहरूले हातमा बिमल गुरूङको तस्वीर तथा गो ब्याक लेखेको पोस्टर बोकेर विभिन्न नाराबाजी लगाए। यसको साथै संगठनका सदस्यहरूले सिलगढीको भेनस मोडमा गोजमुमो अध्यक्ष बिमल गुरुङको पुतला पनि दहन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *