जयहरि बर्मनको ह्याट्रिकले ब्राईट स्पोर्टिङ क्लब सिलगढी सेमिफाइनलमा प्रवेश

मङ्पु: मङपु युथ क्लबको आयोजनामा यहाँको जनमैदानमा आज चौथो क्वार्टर फाइनल खेलमा जयहरि बर्मनको उत्कृष्ट ह्याट्रिकले दार्जिलिङ पुलिसलाई पराजित गरेर ब्राइट स्पोर्टिङ क्लब सिलगढी सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको पहिलो हाफमा ब्राईट स्पोर्टिङ क्लबका खेलाडी बिक्की रोईले खेल शुरु भएको 16औं मिनटमा पहिलो सुन्दर गोल गरेर आफ्नो टोलीलाई बढत दिलाए भने यसको लगातै 6 मिनटपछि दार्जिलिङ पुलिसका खेलाडी प्रशान्त राईले विपक्षीको गोल पोस्टमा गोल गरेर आफ्नो टोलीलाई बराबरीमा पुऱ्याए।


पहिलो हाफको खेल एक-एक गोलले बराबरीमा समाप्त भएपछि दोस्रो हाफमा ब्राईट स्पोर्टिङ क्लबका खेलाडी जयहरि बर्मनले एकपछि अर्को गर्दै लगातार खेलको 47औ मिनट, 68 मिनट र 84 मिनटमा लगातार तीन गोल गरेर ह्याट्रिक गरेपछि आफ्नो टोलीको सेमिफाइनलमा स्थान पक्का बनाए। अब प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आगामी 25 नोभेम्बरको दिन कालेबुङ पुलिस बनाम नर्थबङाल आर्म पुलिसमाझ अनि दोस्रो सेमिफाइनल खेल 26 नोभेम्बरको दिन ब्राईट स्पोर्टिङ क्लब सिलगढी बनाम युनाइटेड कालेबुङमाझ भिडन्त हुनेछ भने फाइनल खेल 28 नोभेम्बरको दिन विविध रंगारंग कार्यक्रमबीच खेलाइने आयोजक समितिले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *