जयपुर चियाकमानबाट महिलाको शव उद्धार

राजगञ्ज : जलपाईगढी संलग्न सदर ब्लकको जयपुर चियाकमानबाट एउटी अज्ञात महिलाको शव उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान चियाकमानका श्रमिकहरू चियापत्ती टिप्न जाँदा रक्ताम्मे अवस्थामा उक्त महिलाको शव देखेपछि यसबारे जलपाईगढी कोतवाली थानालाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *