जीआरपीको पहलमा एनजेपीमा रक्तदान शिविर

सिलगढी : अस्पतालहरूमा रोगीहरूको निम्ति रगतको समस्या रहेकोले गर्दा यसको समाधान गर्ने उद्देश्य लिएर आज न्यु जलपाईगढी जीआरपीको पहलमा रक्तदान शिविरको आयोजना गरियो। एनजेपी स्टेशनको 1 नम्बर प्लाटफर्ममा आयोजना गरिएको उक्त शिविरमा 60 युनिट रगत संग्रह गरियो। उक्त संग्रहित गरिएको रगत सिलगढी जिल्ला अस्पतालको ब्लड ब्याङ्कमा पठाइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *