जीआरपी-को तर्फबाट रक्तदान शिविरको आयोजना

सिलगढी :  जीआरपी महानन्दापाडा हेड क्वार्टरमा आज रक्तदान शिविरको आयोजना गरियो। यसको साथै जीआरपीको लागि निःशुल्क फुल बडी चेकअपको पनि व्यवस्था गरिएको छ। जीआरपीले दिशान अस्पताल तथा डागापुर डेन्टल क्लिनिक हेल्थको सहयोगमा उक्त शिविरको आयोजना गरिएको हो।


यस विषयमा जीआरपी एसपी जसप्रीत सिंहले भने, विशेष गरेर पुलिसकर्मीले आफ्नो स्वास्थ्यको ख्याल राख्नमा असमर्थ रहने गरेको यसलाई ध्यानमा राखेर पुलिसकर्मी लगायत तिनको परिवारका सदस्यहरूको लागि फुल बडी हेल्थ चेकअपको व्यवस्था गरिएको हो। पुलिसकर्मीहरू स्वस्थ रहेर निष्ठा तथा फुर्तीको साथमा आफ्नो काम गर्न सकोस् भन्ने उद्देश्य लिएर उक्त पहल गरिएको तिनले बताए। यसको साथै रक्तदान शिविरको पनि आयोजना गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *