जीटीए अध्यक्ष अनित थापाको पहलमा लङ्भ्यू-बरबोटे गाउँको यातायात सुचारू

खरसाङ: गत 27 जुलाईको पैह्रोले क्षतिग्रस्त भएको लङ्भ्यू चियाबारी अन्तर्गतको बरबोटे गाउँ क्षेत्रको सड़क पुनः सुचारू बनेको छ। सड़कमा पैह्रो गएको कारण यस गाउँका मानिसहरूलाई यातायातको निम्ति धेरै असुविधा भएको थियो। यसैलाई ध्यानमा राखेर गाउँलेहरूले जीटीए अध्यक्ष अनित थापालाई स्थितिको जानकारी गराउँदै समस्याको समाधान गरिदिने आग्रह गरेकै फलस्वरूप अध्यक्ष थापाले तत्कालै सम्बन्धित विभागलाई पैह्रो हटाएर यातायात सुचारू गरिदिने निर्देश दिएपछि हाल बरबोटेका मानिसहरूको समस्या समाधान भएको छ। हाल यस सड़कबाट पुनः वाहनहरूको चलाचल शुरू भएको छ। यसरी अतिशीघ्र सम्पूर्ण बरबोटे अनि लङ्भ्यू क्षेत्रको समस्या समाधान गरिदिएकोमा स्थानीय बरबोटेका मानिसहरूले अध्यक्ष अनित थापा अनि केईडी विभागप्रति आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *