जीटीए अध्यक्ष अनित थापा-द्वारा मङपु सरस्वती मोडल स्कुलको उद्घाटन

मङपु : बसन्त पञ्चमी सरस्वती पुजाको दिन आज सरस्वती उच्चत्तर माध्यमिक विद्यालयको नयाँ मोडल स्कुल भवनको उद्घाटन जीटीए अध्यक्ष अनित थापाको बाहुलीबाट गरियो। 1945 सालमा स्थापित भएको सरस्वती विद्यालयको मोडल स्कुल उद्घाटन समारोह अध्यक्ष एडवर्ड लेप्चा रहेका थिए। शिक्षक बिशोर कार्कीले सञ्चालन गरेको कार्यक्रममा शरद रावतले स्वागत सम्भाषण राखे। कार्यक्रममा मङपु साङ्गीतिक कला एकाईका कलाकार एवम् गायक सुरेन पाख्रीनले भजन प्रस्तुत गरे भने सलोनी लिम्बुले सुन्दर स्वागत नृत्य प्रस्तुत गरिन्। कवि सुरेन्द्र थीङ अनि प्रमिला मुखियाले मिठो कविता प्रस्तुत गरे। विद्यालयका प्राध्यापिका चन्द्रकला राईले कार्यक्रमलाई सम्बोधन  गर्दै आज यसरी विद्यालयको मोडल स्कुल उद्घाटन हुन सफल भएकोमा हर्ष प्रकट गर्दै जीटीए अध्यक्ष अनित थापा अनि जीटीएका सम्पूर्ण अधिकारीहरूप्रति आभार व्यक्त  गरिन्।

 

आजको उद्घाटन समारोहका विशिष्ट अतिथिहरू जीटीए ईडी मान्वेन्द्र मोदक, डा. मिलन तामाङ, पूर्व सभासद रतन थापा लगायत अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। कार्यक्रममा विद्यालयका नानीहरूले गीत तथा नृत्य प्रस्तुत गरे। विशिष्ट अतिथि रतन थापाले मोडल स्कुलको जमीन दाताहरूलाई कृतज्ञता प्रकट गर्दै जीटीए शिक्षा विभागका अधिकारीहरूलाई चाँडै नै मोडल स्कुलमा डेस्क बेञ्चको प्रबन्ध गरिदिने अपील गरे। तीनवटा उच्चत्तर माध्यमिक विद्यालय रहेको ठाउँ मङपुमा आगामी दिनमा महाविद्यालयको आवश्यकता रहेको कुरा जनाउँदै पूर्व सभासद् रतन थापाले यसको निम्ति सबै मिली पहल गर्नुपर्ने बताउँदै जीटीए अध्यक्ष अनित थापासित यस विषयमा कुरा उठान गर्नुपर्ने कुरामाथि जोड दिए। तक्दाह खण्डका इन्जिनियर नयन राईले मङपु कला अनि साहित्यले धनी रहेको बताउँदै मोडल स्कुलको लगानीबारे बताउँदै यस मोडल स्कुल हाम्रो सम्पत्ति रहेको कारण यसलाई सबैले संरक्षण गर्नुपर्ने जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes