जीटीए अध्यक्ष अनित थापाद्वारा मङपुमा 16 वटा प्रकल्पको शिलान्यास

मङपु: मलाई गोर्खाहरु बसेको भुमिको अधिकार दिलाउनु छ र यो लडाईमा हामी लड्नु छ। यसैकारण म राज्य सरकारसित मिलेर आएको हुँ। अब हाम्रो मानसिक सोंचमा परिवर्तन आउनु जरूरी छ।आज मङपुमा आयोजित 16 वटा विभिन्न विकास प्रकल्पहरूको विधिवत् शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित जीटीए चेयरम्यान तथा गोजमुमो महासचिव अनित थापाले यस प्रकारको मन्तव्य पेखे। तिनले अझ भने, झण्डा थाप्दैमा नोकरी पाउने भए आज पहाडमा धेरैले नोकरी पाइसकेको हुनुपर्ने हो। पहाडको नेताहरुले आफ्नो मान्छेलाई किन कराउनु राम्रोसंगले बुजाए जनताले बुझ्छ। कसैलाई गाली गर्नु मेरो तागत बर्बाद गर्नु मात्र हो र म कसैलाई गाली गरेर मेरो तागत बर्बाद गर्नु चाहँन्न।

मलाई पहाडमा नयाँ समीकरण सोंच्नु छ, यसैले म फेरि पनि कतै झुकिन्छु कि भनेर आगामी 26 डिसेम्बरको परिवर्तन यात्रा गरेको  हुँ, मसित मेरो पहाडको सहयात्री कति रहेछ भन्ने म हेर्न चाहन्छु।हाम्रो पहाड राम्रो पहाड” बनाउने गोरेटो कोरिसकेको कुरा आज मङपुको जनसभामा अनित थापाले बताए। आज मङपु लाब्दा समष्टिमा जीटीएका अध्यक्ष अनित थापाले मोठ 16 वटा प्रकल्पको शिलान्यास गरे। समष्टि पार्टी अध्यक्ष एडवार्ड लेप्चाको अध्यक्षतामा सम्पन्न भएको सभामा गोजमुमो मङपु लाब्दा समष्टि संगठानिक सचिव राम पोख्रेललाई केन्द्रिय समितिको सदस्य चयन गरिएको पत्र जीटीए अध्यक्ष अनित थापाको बाहुलीबाट प्रदान गरियो।  बिशोर कार्कीले सञ्चालन गरेको सभामा अनित थापा वाहेक राम पोख्रेल, सुदेस थापा, गगन राई, रन्जित सिन्चुरी, बिज्ञान मिश्र, जीएस राई, जेबी तामाङ, रतन थापा आदिले वक्तब्य राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes