जीटीए चेयरम्यान अनित थापीले गरे तकदाहमा लायन्स क्लब अस्पतालको उदघाटन

तकदाह: जीटीए चेयरम्यान अनित थापाले आज तकदाह क्यानटुमेन्को भ्रमण गर्नको साथै तिनले यसवाधि तकदाहमा लायन्स क्लब आँखा अस्पतालको विधिवत् उदघाटन गरे। लायन्स क्लबद्वारा स्थापित आँखा अस्पतालको उद्घाटनमा बोल्दै जीटीए चेयरम्यान अनित थापाले तकदाहवासीलाई बधाई दिँदै लायन्स क्लबलाई धन्यवाद दिए। तिनले लायन्स क्लबले पहाड़वासीको लागि सेवा गर्दै आइरहेको तथा तकदाहवासीको लागि पनि आँखा अस्पताल स्थापना गरेर ठूलो कार्य गरेकोले यहाँका वासिन्दाहरूले पनि सहयोग गर्नु पर्ने तिनले आह्वान गरे।


लायन्स क्लबलाई जीटीए क्षेत्रमा कुनै पनि सहयोग गर्न तयार रहेको तिनले बताए। यस भन्दा अघि जीटीए चेयरम्यान अनित थापाले तकदाह क्यानटुमेन्टको साई भवनमा पुगेर त्यसको पुन:निर्माणको निम्ति शिलान्यास पनि गरे। त्यसपछि तकदाह बजार बीचमा यहाँका मानिसहरूको धेरै पुरानो सपना सार्वजनिक भवनको जग्गा निरीक्षण गर्न गए। तिनी सिरी गाउँ हुँदै पुरानो टिबिटेन आयुर्वेदिक केन्द्रमा पनि पुगे। आयुर्वेदिक केन्द्रमा स्थानीय मानिसहरूले जीटीए चेयरम्यानलाई स्वागत गर्दै सम्मान जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *