जीटीए चेयरम्यानद्वारा सड़कको शिलान्यास

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले हाल पहाड़को विविध असुविधाहरूलाई ध्यानमा राखेर लगातार विकाश कार्यहरू गर्दै आइरहेको छ। यही क्रममा आज जीटीए अध्यक्ष अनित थापाले पब्लिक वर्क डिपार्टमेन्ट अन्तर्गत रङटङदेखि शिव खोला भएर महलदिरामसम्म जाने पक्का रोडको आज विधिवत् शिलान्यास गरे। प्राप्त जानकारी अनुसार 22.85 करोड़ रूपियाँको लागतमा उक्त सड़क 17.10 किलोमिटर लामो बनिने भएको छ। शिलान्यास कार्यक्रममा गोजमुमो अध्यक्ष बिनय तामाङ, प्रिन्सिपल सेक्रेटरी सुरेन्द्र गुप्ता, खरसाङका विधायक डा० रोहित शर्मा आदिको बिशेष उपस्थिति रहेको थियो। सड़क निर्माण गरिने भएपछि क्षेत्रबासीमा खुशीको लहर छाएको छ भने जीटीए चेयरम्यान अनित थापाप्रति कृतज्ञता प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *