जीटीए क्षेत्रमा भोलिदेखि फेरि 7 दिनको लकडाउन

दार्जिलिङ : जीटीए-द्वारा नगरपालिका क्षेत्र लगायत कोरोना संक्रमित क्षेत्रमा जारी 7 दिनको लकडाउन आज पुरा भए तापनि दार्जिलिङ, कालेबुङ अनि खरसाङ क्षेत्रमा कोरोना संक्रमण बढिरहेकोले गर्दा जीटीए चेयरम्यान अनित थापाले डिस्ट्रिक म्याजिस्ट्रेट, मुख्य सचिवसँग आज बिहान बैठक गरेर भोलि 2 अगस्तदेखि एक साताको लागि पुनः लकडाउन गर्ने निर्णय लिएको छ। गत केही दिन अघिदेखि कालेबुङ, मिरिक, खरसाङ नगरपालिका क्षेत्र लगायत कोरोना संक्रमित क्षेत्रहरू, सुकियापोखरी बजार, बिजनबारी बजार, पोख्रेबुङ् बजार पूर्ण रूपमा लकडाउन थियो भने यसपल्ट सोनादा बजार, चिम्नी, देउराली पुनः पूर्ण रूपमा लकडाउन गरिने भएको छ। यसबाहेक अन्य स-साना बजार क्षेत्रमा यदि कोरोना संक्रमण भेट्टाइएको खण्डमा ती बजारहरूमा पनि पूर्ण लकडाउन घोषणा गर्ने जीटीए चेयरम्यान अनित थापाले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *