जीटीए क्षेत्रमा लकडाउन पालन गरिदिएकोमा चेयरम्यान अनित थापाद्वारा धन्यवाद प्रकट

दार्जिलिङि कोरोना संक्रमितहरूको संख्या बढिरहेकोले गर्दा जीटीए-द्वारा कालेबुङ, खरसाङ, मिरिक नगरपालिका क्षेत्र लगायत कोरोना संक्रमित क्षेत्रहरूमा जारी 7 दिनको लकडाउनको आज अन्तिम दिन हो। जीटीए चेयरम्यान अनित थापाले आज घोषणा गरे अनुसार जीटीए नगरपालिका क्षेत्रमा जारी लकडाउन भोलिदेखि समाप्त गरिने साथै कोभिड संक्रमणको अवस्था हेरेर भविष्यमा केवल  कन्टेनमेन्ट जोनमा मात्र लकडाउन जारी गरिने बताए। यसको साथै तिनले जीटीए नगरपालिका क्षेत्रमा लागू गरिएको दुई सप्ताहको लकडाउनलाई पूर्ण रूपमा पालन गरिदिएको समस्त जीटीएवासीहरूलाई धन्यवाद जनाउँदै स्वास्थ्य निर्देशको पालन गर्दै अनिवार्य रूपमा माक्स प्रयोग गर्ने आग्रह पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *