जीटीए चुनाउको विरोधमा गोजमुमोद्वारा जिल्लापाललाई ज्ञापन

कालेबुङ: गोजमुमो जिल्ला समितिका प्रतिनिधिहरूको एउटा टोलीले आज कालेबुङ जिल्लापालसँग भेट गरेर जीटीए चुनाउको बिरोधमा एउटा ज्ञापन पत्र बुझाएको छ। प्रतिनिध टोलीमा गोजमुमो जिल्ला समिति महासचिव निमा तामाङ, प्रवक्ता उमा शंकर पौडेल, केन्द्रीय समिति प्रवक्ता दावा लेप्चा, केन्द्रीय समिति सङ्गठनिक सचिव विजय सुन्दास, केन्द्रीय समिति सदस्य प्रवीण रहपाल, 35 नम्बर समष्टि अध्यक्ष दिप थापा रहेका थिए। जिल्लापाललाई भेट गरेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै कालेबुङ गोजमुमो जिल्ला समिति प्रवक्ता उमा शंकर पौडयालले यसबारे जानकारी दिएका छन्। तिनले गोजमुमो जीटीए चुनाउको पक्षमा नरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *