जीटीए चुनाउको पक्षमा हिल टीएमसी अध्यक्ष एलबी राई

मिरिक: हिल टीएमसी अध्यक्ष तथा मिरिक नगरपालिकाका चेयरम्यान एलबी राईले जीटीए चुनाउ अनिवार्य रुपमा हुनपर्ने पक्ष राखेका छन्। मिरिकमा पत्रकारहरुलाई सम्बोधन गर्दै आज तिनले जीटीएमा मनोनीत गरेर हैन तर चुनाउ गरेर निर्वाचित जनप्रतिनिधि हुन आवश्यक रहेको बताए।जनताले चुनाउको माध्यम द्वारा जनप्रतिनिधि चुनेर आ-आफ्नो क्षेत्रको समस्या समाधान गर्न सक्ने तिनले बताए। तिनले जनप्रतिनिधि भएको जीटीए-को पक्षमा वकालत गर्दै यस बिषय बारे शिघ्रै पश्चिम बङ्गालका मुख्यमन्त्रीसित कुराकानी गर्ने जानकारी दिए। केही दिन अघि सामाजिक सञ्जालमा जीटीए चेयरम्यान सम्बन्धी भाइरल भएको खबर सरासर झुठो रहेको दाबी गर्दै उडन्ते खबर पछि नलाग्नेबारे तिनले आम जनतालाई होसियारी गराए। एक प्रश्नको जवाबमा राईले जीटीएको अडिट गराउने कुरा राम्रो रहेको बताउँदै सरकारी निकायमा सबै ठाउँमा अडिट हुन्छ नै तथापि राज्यपालले गरेको प्रतिक्रियाबारे आफ्नो भन्नु केही नरहेको हिल टीएमसी अध्यक्ष एलबी राईले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *