जीटीएद्वारा बालासन खोलामा सुरक्षा देवाल निर्माण कार्य शुरू

मिरिक: जीटीएद्वारा बालासन खोलामा सुरक्षा देवाल निर्माण कार्य पूजा अर्चनाको साथमा आजदेखि शुरू गरियो । पानीघट्टा चियाबारीको बलेबस्ती देखि पानीघट्टा प्राथमिक स्वास्थ्य केन्द्रसम्म 400 मिटरको सुरक्षा देवाल 80 लाख 914 रूपियाँको लागतमा निर्माण गरिने भएको छ। यसबारे जानकारी दिँदै मिरिक अभियान्त्रिकी विभागका अभियन्ता दीपेन गुरूङले बताए अनुसार जीटीए बोर्ड अफ् एडमिनिष्ट्रेशन चेयरम्यान अनित थापाले पानीघट्टावासीको मागलाई स्वीकार गरेर सुरक्षा वालको निम्ति स्वीकृति दिएकोले निर्माण कार्य प्रारम्भ गरिएको हो। तिनले बर्खा अघिसम्म निर्माण कार्य समाप्त भइसक्ने पनि बताए । यता, मोर्चा पानीघट्टा नेता दिनेश सिन्चुरीले पनि सुरक्षा वालको आवश्यकतालाई जीटीएले अनुमोदन गरिदिएको बताए । तिनले बले बस्तीदेखि प्राथमिक स्वस्थ्य केन्द्रसम्मलाई धेरै वर्षदेखि भलबाढीले गर्दा समस्य भइरहेकोले गोजमुमो पार्टीमार्फत निवेदन गरिएपछि आजदेखि निर्माण कार्य शुरू गरिएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *