जीटीएद्वारा लाभादेखि लदामसम्म सड़कको मरमति शुरू

कालेबुङ: कालेबुङ जिल्लाको लाभादेखि लदामसम्म जाने कच्चा सड़क विगत 20 जुन 2015 मा आएको ठूलो भल पैह्रोको कारण बन्द भएको थियो। उक्त बाटो भएर कालेबुङ खण्ड दुई अन्तर्गत 38 नम्बर समष्टि स्थित लदाम बस्ती क्षेत्रको विभिन्न गाउँहरू क्रमैले लोवर रिसाब, डाँडा गाँउ, लेप्चा गाउँ, रबेक, गोरूचरनका मानिसहरू खेतीपाती गरेर बेच-बिखनको निम्ति लाभा बजार लाने गर्थे तर भल पैह्रोको कारण उक्त कच्चा सड़क बन्द भएपछि लदाम क्षेत्रवासीहरूले विभिन्न समस्याहरू झेल्दै आइरहेका थिए। लगभग 5 बर्ष पछि गोजमुमो (विनय खेमा) 38 नम्बर समष्टि अध्यक्ष रन्जित राई अनि कन्ट्याक्टर थुप्देन भोटियाको नेतृत्वमा जीटीएद्वारा लाभादेखि लदामसम्मको 8 किलोमिटरको कच्चा सड़कको मरमति कार्य शुरू गरिएको छ। यसैगरी, सेउलेदेखि लदामसम्मको नयाँ बाटो पनि आगामी नयाँ बर्ष 2021-को जनवरीदेखि शुरू गरिने गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला 38 नम्बर समष्टि अध्यक्ष रन्जित राईले बताएका छन्। लदाम बस्ती क्षेत्रमा सड़क निर्माण हुनु नै लदामवासीहरूको निम्ति गोर्खाल्याण्ड जतिकै हो भन्दै उक्त कार्यप्रति लदामवासीहरूले जीटीए अध्यक्ष अनित थापा, 38 नम्बर समष्टि अध्यक्ष रन्जित राई अनि कन्ट्याक्टर थुप्देन भोटिया प्रति आभार व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes