जीटीएका चाम्बा भोटियाले हत्याए मिस्टर अल्टिमेट टाइटलको खिताब

गान्तोक : गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिसट्रेसनलाई प्रतिनिधित्व गर्ने चाम्बा भोटियाले मिस्टर अल्टिमेट ओभर अल च्याम्पियन अफ् द च्याम्पियन्स बडीबिल्डिङ टाइटलको खिताब हत्याएका छन्।


सिक्किमको राजधानी गान्तोकमा आयोजित बडीबिल्डिङ प्रतियोगितामा बङ्गाल, असम, मणिपुर, नागाल्याण्ड, छत्तीसगढ, सिक्किम लगायत नेपाल र भूटानका अन्तर्राष्ट्रिय बडी बिल्डरहरूमध्ये 62 जनालाई पराजित गरेर जीटीएका चाम्बा भोटिया मिस्टर अल्टिमेट टाइटल जित्न सफल भएका छन्। विजय बनेका भोटियालाई आयोजक कमिटीको तर्फबाट ट्रफी गोल्ड मेडल, सर्टिफिकेट लगायत नगद 50 हजार रुपियाँ प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *