जीटीएका पे ब्याण्ड कर्मचारीहरूको स्थायीकरणको मागमा हिल तृणमूल प्रतिनिधी टोलीद्वारा ज्ञापन

खरसाङ : हिल तृणमूल कांग्रेसको 5 सदस्यीय टोलीले आज कलकत्ताको नवान्न पुगेर जीटीए क्षेत्रमा कार्यरत् पे ब्याण्ड कर्मचारीहरूको स्थायीकरणको मागमा मुख्यमन्त्री ममता ब्यानर्जी साथै तिनका मुख्य सचिवलाई ज्ञापन चढाएको छ। पाँच सदस्य टोलीमा राज्यसभा सांसद शान्ता छेत्री, हिल तृणमूल कांग्रेसको जिल्ला सभापति एलबी राईमहासचिव एनबी खवास, खरसाङको प्रभारी मिक्मा भोटिया लगायत अन्य उपस्थित थिए। उक्त टोलीले राज्यसभा सांसद शान्ता छेत्रीको चिट्टीको माध्यमबाट जीटीए क्षेत्रमा कार्यरत् पे ब्याण्ड कर्मचारीहरूको स्थायीकरणको मागलाई अघि बढ़ाउँदै मुख्यमन्त्रीको मुख्य सचिव लगायत गृह विभाग र अर्थ विभागका सचिवलाई भेट गरी ज्ञापन चढाएको हिल तृणमूल कांग्रेसका महासचिव एनबी खवासले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *