जीटीए कर्मचारीहरूको स्थायीकरणको मुख्य बाधा बनेको पुरानो मामिला फिर्ता लिने प्रक्रिया शुरु: अनित थापा

कोलकाता: जीटीए कर्मचारीहरूको स्थायीकरणको मुख्य बाधा बनेको एउटा पुरानो मामिला फिर्ता लिने प्रक्रिया शुरु शुरू भएको छ। प्राप्त जानकारी अनुसार,जीटीए कर्मचारी संगठनको केन्द्रीय कमिटीको टोली कर्मचारीहरूको नोकरी स्थायी बनाउने कामको प्रक्रियालाई अघि बढाउन कोलकातामा डेरा हालेर बसेको साथै तिनीहरूको काम विशेषत कानुनी रहेको बताइएको छ। यही प्रक्रियामा जीटीए अध्यक्षले एउटा कागजमा हस्ताक्षर गर्नु बाँकी रहेको थियो। यसैले जीटीए अध्यक्ष अनित थापा पनि कर्मचारीको अनुरोधलाई स्वीकार गरेर कोलकाता पुगेका थिए। जीटीएका अस्थायी कर्मचारीहरूको दीर्घ दिनदेखिको समस्या समाधान गर्न हेतु कोलकाता पुगेपछि तिनी सोझै कोर्टमा गएर कागजातमा हस्ताक्षर गरिदिएको जीटीए कर्मचारी संगठनका सन्दिप बलले जानकारी दिएका छन्। अर्कोतिर, अनित थापाले कोलकाताबाट एउटा भिडियो जारी गरेर जीटीए कर्मचारीहरूको स्थायीकरण मुद्दा विषयमा भने, “कर्मचारीहरूको स्थायी मुद्दा विषय विगत दिनमा एउटा मामिला (केस) चलिरहेको थियो। त्यही मामिला नै स्थायीकरणको निम्ति बाधा बनेको छ। जबसम्म त्यो मामिला फिर्ता लिइँदैन तब सम्म कर्मचारीको स्थायीकरणको मुद्दालाई अघि बढाउनु सकिँदैन। यो मामिला सुप्रिम कोर्टबाट वापस लिइनु पर्छ। कर्मचारीहरूको स्थायीकरणको निम्ति मैले गर्नुसक्ने सबै नै कसैलाई भेदभाव नराखी गरिदिँदैछु। यो कर्मचारीहरूको सही अनि न्यायसंगत माग पनि हो।” तिनले बताए अनुसार, सिस्टम अनुसार काम गरे मुद्दा पार पनि लाग्नेछ। कर्मचारी संगठनको अनुरोधमा नै आफु कोलकाता कोर्टमा आएर पनि कर्मचारीहरूको भलोको निम्ति हस्ताक्षर गरेको जीटीए चेयरम्यानले बताए। तिनले अझ भने, “म चाहन्छु जीटीएका कर्मचारीहरूको स्थायीकरणको माग चाँडोभन्दा चाँडो पूरा होस्। स्थायी करणको मुख्य बाधक नै पुरानो मामिला हो। उक्त मामिला फिर्ता लिइने प्रक्रिया अब शुरु भएको छ। मैले पहिला पनि भनेको हो झण्डा थापेर जीटीए कर्मचारीहरूको कामको स्थायीकरण हुँदैन तर सिस्टम अनि प्रक्रिया पूरा गरेर नै स्थायी हुनेछ। कर्मचारीको मुद्दामाथि राजनीति नगरौं। जबसम्म म अहोदामा छु अनि जहाँसम्म मेरो बाट हुनु सक्ने काम छ म जीटीए कर्मचारीको स्थायीकरणको निम्ति सहयोग गरेको हुनेछु।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *