जीटीए कर्मचारी सङ्गठनको केन्द्रीय कमिटीको घोषणा 1 दिसम्बरमा हुने

मिरिक : हाल दुई खेमामा विभक्त भएको जीटीए कर्मचारीहरूको अलग सङ्गठन जीटीए कर्मचारी सङ्गठनको केन्द्रीय कमिटीको घोषणा आगामी 1 दिसम्बरमा गरिने भएको छ। सङ्गठनका प्रवीण राईले यसबारे जानकारी गराउँदै हिजो केन्द्रीय कमिटी गठनलाई लिएर एउटा सभा दार्जिलिङमा सम्पन्न भएको बताए। उक्त सभामा आगामी 1 दिसम्बरको दिन दार्जिलिङ, खरसाङ र मिरिकलाई लिएर विराट सभा गरिने अनि उक्त सभामा नै केन्द्रीय कमिटीको पनि घोषणा गरिनेबारे चर्चा परिचर्चा गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *