जीटीएको चौकी फेरि अनित थापालाई नै सुम्पिने सम्भावना

दार्जिलिङ: पहाडको राजनैतिक हलचल माहौलबीच राज्य सरकारको सूचना तथा सांस्कृतिक विभागद्वारा आज दार्जिलिङको चौरस्तामा आयोजना गरिएको 207 औ भानु जयन्ती कार्यक्रममा दार्जिलिङ पहाडबाट भूतपुर्व जीटीए प्रशासकहरूमध्ये अनित थापालाई मात्रै क्षेत्रीय प्रतिनिधिका रूपमा देखिएपछि पहाडमा पुन: नयाँ राजनीति समीकरण देखा परेको छ। राज्य सरकारद्वारा आयोजित कार्यक्रममा केवल अनित थापा मात्र देखा परेकोले पुन: जीटीएको चौकी तिनलाई नै सुम्पने सङ्केत दिएको कुरा राजनीतिक पर्यवेक्षकहरूको भनाई रहेको छ। विशेष सूत्रले दिएको खबर अनुसार आजको भानु जयन्तीलाई एउटा बहाना बनाएर राज्य सरकारको जनजाति मन्त्री बुलचिक बराईकलाई दार्जिलिङमा निमन्त्रणा दिएको हो। यस दार्जिलिङ भ्रमण अवधि जनजाति मन्त्री बुलचिकले जीटीएका पूर्व प्रशासक तथा गोजमुमो महासचिव अनित थापासित पहाडको वर्तमान राजनीति तथा अन्य विभिन्न विषयमा चर्चा गर्ने भएको थाहा लागेको छ। यसपछि आउँदो केही दिनभित्रमैं राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले कोलकातामा बोलाएर अनित थापासित जीटीए-बारे एउटा महत्वपूर्ण बैठक गर्ने कुरा सूत्रले दावी गरेको छ। तथापि उक्त बैठकबारे निश्चित तारिख र समय भने अहिलेसम्म तय नभएको सीत्रको भनाई रहेको छ। स्मरण रहोस्, जुलाईको पहिलो सातादेखि नै जीटीए-को प्रशासक विषयलाई लिएर विभिन्न अडकल बाजी भइरहेको थियो भने राज्य सरकारले अनित थापालाई नै जीटीएको चौकी पुन: सुम्पिइने भएको कुरा निक्कै चर्चामा आउनको साथै मीडिया रिपोर्टहरूमा समेत बताइको थियो। तथापि गोजमुमो अध्यक्ष बिमल गुरूङ यसको विरोधमा रहेको साथै तिनले हिल टीएमसी अध्यक्ष एलबी राई अथवा तृणमूल नेत्री तथा राज्यसभा सांसद शान्ता छेत्रीलाई जीटीएको चौकी सुम्पिनु पर्ने वकालत गरेका थिए। यसको साथै बिमल खेमा गोजमुमोको एउटा प्रतिनिधि टोलीले कोलकाता गएर विभिन्न विभागीय मन्त्रीहरुलाई भेटघाट गरेका थिए। यद्धपि राज्य सरकारद्वारा आयोजित दार्जिलिङको कार्यक्रममा आज जीटीएका पूर्व चेयरम्यान बिमल गुरूङ अथवा तिनको खेमाका कसैलाई निमन्त्रणा नदिएकोले पनि राज्य सरकार बिमल खेमाको पक्षमा नरहेर अनितकै पक्षमा रहेको स्पष्ट हुँदछ। आज चैरैस्ता दार्जिलिङमा आयोजित 207औ भानु जयन्ती कार्यक्रममा जनजाति कल्याण मन्त्रीवाहेक सिलिगढी नगरनिगम प्रशासक गौतम देव, जीटीए प्रशासक सुरेन्द्र गुप्त, दार्जिलिङको जिल्लापाल, पुलिस अधिक्षक लगायत अन्यको बिशेष रूपमा उपस्थिति रहेको थियो।

One thought on “जीटीएको चौकी फेरि अनित थापालाई नै सुम्पिने सम्भावना

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes