जीटीएको चुनाउ चाँडै होस् भन्ने हामी चाहन्छौँ : अनित थापा

खरसाङ: हामी झट्टै जीटीए चुनाउ चाहान्छौं कारण अहिले पहाड़ शान्ता छ र हामी जीटीए चुनाउ भएको चाहान्छौं। अहिले पहाड़ प्रशासनिक रूपमा चल्दैछ, त्यसैले चुनाउ हुन जरुरी छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले बताए। तिनी आज खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारी क्षेत्रको भ्रमणपछि पत्रकारहरूसित कुराकानी गर्दै यस प्रकारको मन्यव्य पोखे। तिनले जीटीए चुनाउ भएपछि हामीले जितेको खण्डमा जीटीए सभामा प्रस्ताव पारित गरेर प्रथममा पञ्चायत चुनाउ गराउनतर्फ कार्य गर्नेछौं भनी बताए। अहिले पहाड़मा जीटीए हटाऊ, पहाड़ बचाऊ‘  भन्ने नाराको साथमा पोस्टरिङ भइरहेको विषयमा जान्न चाहँदा थापाले भने, त्यो राजनैतिक स्टन्ट हो यस विषयमा अरू केही भन्नु छैन भनी बताए। जीटीए चुनाउ मुख्यमन्त्रीले प्रशासनिक बैठकमा नयाँ इलेक्ट्रोलको कार्य पुरा भएपछि हुन्छ भनेर भनिएकोले त्यहीँ अनुसार हुन्छ भनी थापाले बताए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापा आज खरसाङको तीनधारे महानदी समष्टि अन्तर्गत सिविटार क्षेत्रको भ्रमणमा रहेका थिए। तिनी प्रथममा सिविटारको तितिरी गाउँमा शिव महापुराणमा उपस्थित भएर पुजा अर्चना गरी सिविटारको सात नम्बर डिभिजनमा पनि राजनैतिक भ्रमणमा पुगेका थिए। सिविटारको आहल गैरीमा एउटा सांगठनिक सभा सम्पन्न भयो। उक्त  सांगठनिक सभा आनन्द तामाङको अध्यक्षतामा सम्पन्न भयो। सभालाई कृष्ण प्रधानले सञ्चालन गरेका थिए। उक्त सभालाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापाले गाउँ घरको विकासको लागि हामी सबै मिलेर कार्य गर्नु जरुरी रहेको भन्दै हामीले आफ्नो ठाउँलाई विस्तारै सपारेर लानुपर्छ, विकास गरेर लानुपर्छ भनी बताए। तिनले गाउँको विकासको लागि गाउँवासीमा तालेमेलको आवश्यकता हुनुपर्छ भनी बताए। थापाले यस क्षेत्रलाई ग्रामीण पर्यटनको क्षेत्रमा विकसित गरेर लानुपर्छ भनी बताए।यस सभालाई भागोप्रमो ट्रेड युनियनको केन्द्रीय उपाध्यक्ष राजेन प्रधानले पनि सम्बोधन गरेका थिए। सभामा खरसाङ महकुमा समितिका सांगठनिक सचिव राजीव थापा, तीनधारे महानदी समष्टिका कार्यकारी सभापति सीबी राई, उपाध्यक्ष राजु लामा, कुसाङ लामा, मिलन तामाङ लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *