जीटीएको पहलमा दार्जिलिङमा अगमसिंह गिरी जयन्ती पालन

दार्जिलिङ: जीटीएको सूचना तथा सांस्कृतिक विभाग अनि नेपाली प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आज दार्जिलिङका जातीय अगमसिंह गिरीको 95औँ जन्म जयन्ती लुइस जुब्ली कम्प्लेक्स दार्जिलिङमा मनाइयो। उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा दार्जिलिङका जिल्ला शासक एस पन्नमबलम, दार्जिलिङ जिल्ला हिल टीएमसी अध्यक्ष शान्ता छेत्री, शिक्षाविद् तथा वरिष्ठ साहित्यकार डा. गोकुल सिन्हा, जीटीएको सूचना एवम् संस्कृति विभागका निर्देशक भानुकान्त घिसिङ लगायत जीटीएका प्रशासनिक अधिकारीहरू प्रमुख रूपमा उपस्थित थिए।


लुइस जुब्ली परिसरमा रहेको अगमसिंह गिरीको सालिगमा उपस्थित अतिथिहरूद्वारा फुलमाला चढाएर दिवङ्गत जातीय कवि अगमसिंह गिरीलाई श्रद्धाञ्जलि अर्पण गरे। यसको साथै कार्यक्रममा विभिन्न वक्ताहरूले कवि अगमसिंह गिरीको जीवनी तथा तिनले नेपाली भाषा, साहित्य, समाज, संस्कृति आदि प्रति पुर्‍याएको महत्वपूर्ण योगदानको स्मरण गर्दै यसबारे विस्तृत रूपमा जानकारी गराए। यसको साथै जीटीएको सूचना अनि संस्कृति विभागका कलाकारहरूद्वारा गीतकार अगमसिंह गिरीद्वारा लेखिएको कालजयी गीतहरू पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *