जीटीएको पक्षमा हामी छैनौ तर पीपीएस पारित गरेर चाँडै चुनाउ गरोस्: अजय एडवार्डस

दार्जिलिङ : जीटीएको पक्षमा हामी पनि छैनौ तर केन्द्रले स्थायी राजनैतिक समाधान पारित गरेर छिटो भन्दा छिटो चुनाउ गराउनु पर्छ भन्ने मनतव्य हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पोखेका छन्। केन्द्रीय गृहमन्त्री अमित शाहले हिजो सिलगढीको एउटा जनसभालाई सम्बोधन गर्ने क्रममा जीटीए चुनाउ समस्याको समाधान होइन भन्ने वक्तव्य दिएका थिए। गृहमन्त्री शाहको उक्त बयानपछि दार्जिलिङ पहाडको राजनैतिक पृष्ठ भूमिमा खैलाबैला मच्चिएको छ। यसै सन्दर्भमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले हाम्रो पार्टी अनि पहाडको जनता जीटीएको पक्षमा नरहेको तर केन्द्रीय गृहमन्त्री अमित शाहले गोर्खाहरूलाई दिएको वचन स्थायी राजनैतिक समाधान शिघ्र पारित गरेर त्यसको चुनाउ गराउने काम गरोस् भनि बताए। एडवार्डसले अझ भने, दार्जिलिङको समस्त जनताले भारतीय जनता पार्टीलाई स्थायी राजनैतिक समाधानको लागि भोट दिँदै आएको हो। चुनाउ अवधि भाजपाले दार्जिलिङका गोर्खाहरूलाई धेरै आश्वासन दिँदै आएको हो तर गोर्खाहरूको दीर्घकालिन समस्यालाई अझसम्म समाधान गरेको छैन। स्थायी राजनैतिक समाधान बारे गत 2021-को अन्ततिर दिल्लीमा त्रिपक्षीय वार्ता बोलाएका थिए अनि दोस्रो चरणको वार्ता दीपावालीपछि बोलाइने वचन दिए तापनि आजसम्म दोस्रो चरणको वार्ता नबोलाएकोमा तिनले आश्चर्य प्रकट गरे। विकासको अभावले दार्जिलिङ पार्वतीय क्षेत्र लथालिङ्ग, भताभुङ्ग भएको छ। यदि केन्द्रको भाजपा सरकार गोर्खाहरूप्रति इमान्दार छ भने अविलम्ब स्थायी राजनैतिक समाधान पारित गरेर त्यसको चुनाउ गराउने हाम्रो पार्टी आध्यक्ष एडवार्डसले चुनौती दिएका छन्। एडवार्डसले अझ भने, भाजपा सरकारले बंगाललाई विभाजन गरेर यदि उतर बंगाल राज्यको गठन गरे तापनि त्यसले हामी गोर्खाहरू अनि दार्जिलिङ पार्वतीय क्षेत्रका वासिन्दाहरूलाई केही फाइदा हुनेछैन। तिनले राज्य र केन्द्र सरकार समक्ष अविलम्ब पञ्चायत चुनाउ गराउनु पर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *