जीटीएको प्रत्येक कार्यक्रममा अब नेपाली भाषाको प्रयोग हुने: अनित थापा

खरसाङ: खरसाङ पार्क लोकेशनस्थित खरसाङ नगरपालिकाले सञ्चालन गर्ने जीर्ण अवस्थामा रहेको गोर्खा कम्युनिटी हलको मरमति साथै सुन्दरीकरणको कार्य पूरा भएको छ। यो मरमति अनि सुन्दरीकरण गरिने कार्य जीटीए अनि खरसाङ नगरपालिकाले 64 लाख 86 हजार 226 रूपियाँको लागतमा पूरा गरेको छ। जीटीए अध्यक्ष अनित थापाको उपस्थितिमा आज खरसाङ नगरपालिकाका नगर अध्यक्ष कृष्ण लिम्बुको बाहुलीबाट रिबन काटेर उक्त गोर्खा कम्युनिटी हलको पुनः उद्घाटन गरियो। कार्यक्रममा जीटीए अध्यक्ष अनित थापालाई नागरिक अभिनन्दन जनाइयो। सभालाई सम्बोधन गर्दै अनित थापाले भने, गोर्खा सार्वजनिक भवन सुवास घिसिङले खरसाङवासीको निम्ति बनाइ दिए तापनि यो सामाजिक भवन धेरै समयदेखि जीर्ण अवस्थामा रहेको थियो। हाल यो भवनको पुन: निर्माण तथा सौन्दर्यीकरण जीटीए अनि खरसाङ नगरपालिकाको सहभागितामा गरिएको हो। हामी हाम्रो भाषालाई लिएर भावनात्मक बन्छौ तर व्यावहारिक रूपमा हामीले हाम्रो भाषालाई हाम्रै आफ्नो कार्यक्रममा प्रयोग विरलै मात्र गर्छौ। अब जीटीएको प्रत्येक कार्यक्रम नेपाली भाषामा लेखिएको हुनेछ। म भोली नै यसको एउटा नोटिफिकेसन निकाल्ने छु। खरसाङको नगरपालिकाले धेरै राम्रो काम गरेको साथै हाम्रो खरसाङलाई स्वच्छ खरसाङ बनाऊ भन्ने तिनले सबैसित अपिल गरे। आजको उद्घाटन कार्यक्रममा कर्णल केशव राई, अनु प्रधान, जैतून निशा, तिलक शर्मा, समाजसेवक तुलसी अधिकारी, आशा मुखिया, मैया ठकुरी आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes