जीटीएको सबै नगरपालिका अनि प्रभावित क्षेत्रहरू आइतबारदेखि सात दिनको लागि लकडाउन

दार्जिलिङ: दार्जिलिङ पहाडको जीटीए क्षेत्रहरूमा पनि लगातार कोरोना संक्रमण रोगीहरूको संख्या बढ्दै गइरहेकोले गर्दा यसलाई ध्यानमा राखेर आउँदो आइतबारदेखि 7 दिनसम्मको लागि दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक नगरपालिका क्षेत्रहरू पूर्ण रूपले लकडाउन गरिने भएको छ। यसबाहेक पहाडका सबै कोरोना प्रभावित ठाउँहरूको बजारहरू पनि उक्त समय पूर्ण रूपले लकडाउन रहने जीटीए चेयरम्यान अनित थापाले आज जानकारी दिएका छन्। आज दार्जिलिङ अनि कालेबुङका डीएम, जीटीएका मुख्य सचिवसँग बसेर कोभिड संक्रमणबारे विचार विमर्श गरेपछि उक्त निर्णय लिएको बताएका छन्। यसैगरी, जीटीए क्षेत्रका चारवटा नगरपालिका वाहेक कोरोना प्रभावित क्षेत्रहरू क्रमैले सुकुना, तीनधारे बजार, सुकियापोखरी बजार, पोख्रेबुङ बजार, बिजनबारी बजार आदि पनि एक सप्ताहको निम्ति आगामी आइतबारदेखि पूर्ण रूपले लकडाउन हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *