जीटीए-को सञ्जीवनी स्वास्थ्य सेवा खरसाङको जङ्गपानामा सम्पन्न

खरसाङ: जीटीएको सञ्जीवनी स्वास्थ्य सेवा आज खरसाङ महकुमाको तीनधारे महानदी समष्टि अन्तर्गत पर्ने जङ्गपाना चियाबारीमा सम्पन्न भयो। उक्त सञ्जीवनी स्वास्थ्य सेवा जीटीए क्षेत्रका विभिन्न स्थानहरू हुँदै आज जङ्गपाना चियाबारीमा सम्पन्न भएको साथै स्थानीयहरू मोठ 70 जना मानिसहरूले आफ्नो स्वास्थ्य सेवा जाँच गराएको बताइएको छ। आजको उक्त स्वास्थ्य शिविरमा सिनियर पीएचएन बबी देवान राई, चिम्नी उप-स्वास्थ्य केन्द्रका इन्चार्च सरोजनी देवान, एएनएम अनुपमा सुन्दास, अनम तामाङ, आशाकर्मी बबिना लामा, जिना तामाङ, फार्मेसिस्ट सन्तोष गुरुङ, सञ्जय राई दुमी उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *