जीटीए-को त्रिवेणी अस्पतालमा अझ 6 जना डाक्टर नियुक्त

सिलगढी : जीटीए-द्वारा हाल सञ्चालन भइरहेको टिस्टास्थित त्रिवेणी कोभिड अस्पतालमा अतिरिक्त 6 जना डाक्टर नियुक्त भएको छ। तीमध्ये 4 जना सीसीयु मेडिकल डाक्टर अनि 2 जना मेडिकल अफिसर रहेको बताइएको छ। जीटीए अध्यक्ष अनित थापाले दिएको जानकारीअनुसार देशले लकडाउन खोल्ने तयारी गरिरहेको समय जीटीए-ले कोभिड त्रिवेणी अस्पतालमा अझ मेडिकल अफसर तथा डाक्टरहरूलाई नियुक्ति गरेर अझ सशक्त बनाउने पहल गरेको छ। तिनले बताएअनुसार कोरोना संक्रमणको जोखिम अझसम्म टरेको छैन भने मानिसहरू अझ पनि संक्रमित भइरहेका छन्। यसैले गर्दा सबैजनाले आफूलाई संक्रमित हुनबाट जोगाउनको लागि सबै प्रकारका सतर्कता अप्नाउनु जरूरी छ। पहाडको विभिन्न ठाउँहरूमा पनि कोरोना संक्रमण अझ रहेकोले गर्दा यी सम्पूर्ण परिस्थितिलाई ध्यानमा राखेर नै जीटीए प्रशासनले 2 जना मेडिकल अफिसर अनि 4 जना सीसीयु डाक्टर त्रिवेणी अस्पतालमा नियुक्त गरेको हो। पश्चिम बंगाल सरकारले यसको निम्ति सहयोग पुर्‍याएकोमा सरकारप्रति जीटीए चेयरम्यानले कृतज्ञता प्रकट गरेका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *