जीटीएले साहित्यकार अनि कलाकारको निम्ति कुनै व्यवस्थित व्यवस्था ल्याउने काम गर्नेछ: अनित थापा

गैरीबास: एमएम गुरूङ सालिग निर्माण समिति, गैरीबासको आयोजना आज नेपाली लोक साहित्यका अभियन्ता एमएम गुरुङको पूर्णाङ्क सालिगको जीटीए चेयरम्यान अनित थापाले विधिवत् रूपमा अनावरण गरे। यस अवसरमा कार्यक्रलाई सम्बोधन गर्दै अनित थापाले सालिग निर्माण समितिले हाम्रो जातिको धरोहर, उहाँको कीर्तिलाई सदैव जीवित राख्नको निम्ति सालिग निर्माण गर्ने जुन पहल गरे, त्यस कार्यको लागि धन्यवाद अनि बधाई दिँदै यस्तो कार्यले आउने नयाँ पिँढीले जोश, उत्साह पाउने छ भनी बताए। तिनले अझ भने, “हाम्रा साहित्यकार, कलाकार आदिले नलेखेको भए, नगाएको भए आजको जस्तो कार्यक्रम नै गर्नु पाउने थिएनौं। हाम्रा अग्रजहरुले समाजको निम्ति गर्नु भएको योगदान, हामीलाई छोडी राख्नु भएको कीर्तिलाई आजको युवा पिढीँले अघि बढाएर लैजानु अत्यन्तै जरुरी छ। हामी अझ पनि पुरानो साहित्यकारहरु माथि, उहाँहरुको कृति अनि साहित्य लेखन माथि नै निर्भर छौं। यद्धपि युवा भाइहरूले पनि उहाँहरुलाई अनुसरण गरेर साहित्य लेखन तर्फ अघि बढ्दैछन्। तर पहाडको चलेर आएको अवस्था, व्यवस्थाले साहित्य लेखन अनि कलाकारहरुले भनेको जस्तो अनुकूल वातावरण पाउनु सकेको छैन।आफुलाई साहित्य अनि कला विषय अधिक ज्ञान नरहेको तर साहित्य अनि कला क्षेत्रमा काम गर्नु हुने साहित्यकार अनि कलाकारको निम्ति कुनै व्यवस्थित व्यवस्था ल्याउने काम गर्दैछौ भनी तिनले बताए।

तिनले भने, “1986 देखि नै हाम्रो पहाडको सिस्टम नै भत्केको छ। सबैजना छोटो बाटो मात्र हिँड्नु खोज्छ। सबैलाई फेरि हतार छ तर जबसम्म म काम गर्नेछु, निष्पक्ष भएर नै काम गर्नेछु। मेरो प्रयासमा बुद्धिजीवीहरुले पनि प्रत्यक्ष अनि परोक्ष रूपमा ठूलो सहयोग दिइरहनु भएको छ । हाम्रो कविहरूले कविता लेख्दा कलमको मसी कहिले तुरिन्छ त्यो थाहा हुँदैन अनि त्यो मसी कसले हालिदिन्छ त्यो त झन् कसैलाई थाहा हुँदैन। यस्तो स्थिति छ हाम्रो पहाडको साहित्यको। हामी सानो शिलान्यास, राजनैतिक जनसभामा धेरै खर्च गर्छौ। तर यस्ता महान साहित्यिक अनि समाजका विभूतिहरू भेला भएको कार्यक्रममा पनि राम्रो लगानी गरेर नै कार्यक्रम आयोजना भएको होस्।यसैगरी, गैरीवास प्रकृतिको धनी छ, साहित्यमा धनी छ, संस्कृतिमा धनी छ, दवाई खेती हुन्छ यहाँ। तर यहाँ हामी जमीनको गरीब छौं। यहाँको बिल्डिंग हाम्रो हो तर हामी आफै बसेको घरको जमीन हाम्रो होइन। हाम्रो पुर्खादेखि बसेर ल्याएको जमीन हामीले आफ्नो बनाउनु छ। हामीले धेरै लड्यौं तर ठीक ठाउँमा अनि उचित मुद्दाको निम्ति लडेनौ भन्दै अनित थापाले अहिले आफुले नयाँ नारा दिएको छु “हाम्रो घर आफ्नै भर” भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes