जङ्क्शन युवती हत्याकाण्ड मामिलामा एकजना पक्राउ

सिलगढी: सिलीगुड़ी मेट्रोपोलिटनको प्रधाननगर थाना पुलिसले सिलगढी जङ्क्शन संलग्न क्षेत्रमा हिजो भएको 30 वर्षीय लक्ष्मी माया तामाङ हत्याकाण्डको छानबिन गर्दै 24 घण्टाको अवधि मैं यस घटनाको रहस्योत्घाटन गरेको छ। हत्याको आरोपमा आकाश महतो नाम गरेका एकजना व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार उक्त पक्रा परेका आरोपी महतोले मदपान गरेको अवस्थामा युवतीको हत्या गरेको बताइएको छ। आज आरोपीलाई सिलगढी महकुमा अदालतमा पेश गरियो। पक्रा परेका आरोपीलाई छानबीनको लागि अदालतले पुलिस हिरासतमा पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *