जङ्गली हात्तीको हमलामा वृद्ध घाइते

अलिपुरद्वार : जङ्गली हात्तीको हमलामा एकजना वृद्ध घाइते भएका छन्। उक्त घटना अलिपुरद्वार जिल्लाको शामुकतला थाना अन्तर्गत बडो चोकिर बस इलाकामा घटेको हो। घाइते वृद्ध 88 वर्षीय सुखदेव रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले वृद्ध सुखदेवलाई गम्भीर घाइते अवस्थामा देखेपछि तत्कालै उद्धार गरेर शामुकतला अस्पतालमा लगे तापनि पछि त्यहाँबाट अलिपुरद्वार अस्पतालमा रेफर गरिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *