जुनसुकै पार्टीको होस् पहाड़मा नेता पहाड़कै हुनुपर्छ : अनित थापा

कालेबुङ : सांसद राजु विष्टले पहाडमा संक्रमण बढिरहेको समय जीटीएका नेताहरू कता हरायो भन्नेबारे जारी गरेको प्रेस बयानको जीटीए चेयरम्यान अनित थापाले आज आफ्नो प्रतिक्रिया दिएका छन्। कोरोना संक्रमणको समयमा जीटीएले के गर्दैछ, कसो गर्दैछ त्यो जीटीएवासीलाई राम्ररी थाहा भएको साथै आफुले गरेका कार्यहरूको विज्ञापन गर्ने आफ्नो प्रवृत्ति कहिल्यै नरहेको तिनले बताएका छन्। यसको साथै कोरोनाको समय सांसद राजु विष्टले पहाडका जनतालाई के-कस्ता योगदान पुऱ्याइरहेको छ भन्नेबारेमा पनि त्यत्रो भोटले जिताउने जनतालाई राम्ररी थाहा छ भनी तिनले बताएका छन्। कोभिड-19 मानव जीवनसँग सम्बन्धित मुद्दा रहेकोले यस समस्याको समाधानको लागि एक-अर्कालाई लाञ्छना लगाउनु बन्द गर्नु पर्नेबारे आफुले अगावै सबैसित अपील गरिसकेको बताएका छन्। सांसद विष्टले विज्ञप्तिमा टिस्टा त्रिवेणी अस्पतालबारे गरेको आलोचनात्मक टिप्पणीको सन्दर्भमा बोल्दै जीटीए चेयरम्यान थापाले भने, “जीटीए एउटा सानो प्रशासन व्यवस्था हो तर पनि जसो-तसो हामीले कोरोना संक्रमणको व्यवस्थापन अनि रोकथाम राम्ररी नै गरिरहेका छौं। जीटीएले दुःख गरेर त्रिवेणी कोभिड अस्पताल स्थापना गर्न सकेका छौं, विष्टले बरु अस्पतालमा के चाहिन्छ पठाइ दिएको भए तिनको ठूलो योगदान रहने थियो। मैले उहाँलाई टेस्टिङ ल्याबको माग गरेको थिए तर अझसम्म सो पूरा गरेन। आफुले गरेको वाचा अनुसार TrueNAT मसिन अहिले अस्पतालमा जडान गरिएको छ। यसवाहेक अस्पतालमा भेन्टिलेटर, डाइलेसिस् मशीन छ, जुन कोभिड रोगीको उपचार गर्न चाहिने मूलभूत पूर्वाधार हुन्। सरकारी कोभिड अस्पतालको तुलनामा जीटीएले सञ्चालन गरेको सुव्यवस्थित कोभिड अस्पताल अन्य कहीं पनि छैन।तिनले आफ्नो प्रतिक्रियामा अझ यसो भने, “सांसद राजु विष्टलाई लाञ्छाना लगाउनुभन्दा बरु आएर काम गरिदिनु होस्, जीटीएको नेताहरू मात्र होइन, सबै राजनैतिक दलको नेताहरू जीटीए क्षेत्रभित्र नै छन् साथै प्रत्येक नेताहरूले आ-आफ्नो तरिकाले कोभिड संक्रमणको रोकथाम अनि व्यवस्थामा योगदान पुर्याउने काम गरिरहेका छन्। तर त्यत्रो भोटले जितेर सांसद भएका राजु विष्टलाई वास्तवमा मैले प्रश्न गर्नु पर्ने हो तपाई कहाँ हुनुहुन्छ? तर म गर्दिन। तपाई कहाँ हुनुहुन्छ त्यो तपाईंको निजी कुरा हो। तर यसपाली मैले एउटा कुरा महसुस गरे जुनसुकै पार्टीको नेता होस् तर नेता हाम्रै पहाडको छोरा-छोरी हुनु पर्ने रहेछ। पहाडलाई केही पर्दा पहाड़मै पाइने नेता हुनुपर्ने रहेछ। यसैले अब आउने दिनहरूमा हामीले नेता चुन्दा चाहिँ याद राख्नु पर्ने कुरा यहीँ रहेछ, जुनै पार्टीको पनि नेतालाई चुनौ तर ऊ हाम्रै पहाड क्षेत्रको हुनुपर्छ। यो महसुस मैले मात्र गरेको होइन तर पहाड़ले गरेको महसुस हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes