जुत्ता कारखानामा चोरी गरेको आरोपमा कर्मचारी पक्राउ

सिलगढी : सिलगढी डाबग्राम इन्डस्ट्रियल पार्क इलाकाको एउटा जुत्ताको कारखानामा चोरी गरेको आरोपमा एनजेपी थाना पुलिसले कारखानाका एकजना कर्मचारीलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका कर्मचारी कृष्ण सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत 6 महिनाअघि उक्त कारखानाका मालिक चिकित्साको लागि केही दिनको लागि अन्य राज्यमा गएको फाइदा उठाएर कारखानाका कर्मचारी कृष्ण सरकारले जुत्ता तयारी गर्नमा प्रयोग गरिने पित्तलको केही फ्रेमहरू बिक्री गरिदिएको बताइएको छ। उक्त फ्रेमहरूको मूल्य लगभग 20 लाख रुपियाँ रहेको थाहा लागेको छ। कारखानाका मालिकले यसबारे थाहा पाएपछि घटनाबारे एनजेपी थानामा एउटा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका एनजेपी थाना पुलिसले गत सोमबार कृष्ण सरकारलाई पक्राउ गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *