ज्वाईको हत्या गरेको ससुरालीविरुद्ध अभियोग

मालदा : एकजना युवकको हत्या गरेको ससुरालविरुद्ध अभियोग उठेको छ। मृतक मालदा थानाको मङ्गलबारी इलाका निवासी 42 वर्षीय आनन्द प्रमाणिकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आनन्द प्रमाणिक एउटा कार्यक्रममा भाग लिनको लागि आफ्नो ससुराली फरक्का तिलभाङ्गा केशवपुर गएका थिए। ससुराली पक्षले तिनको आँखामा प्रहार गरेर हत्या गर्ने प्रयास गरेको आरोप रहेको छ। शनिबार बेलुकी आशंकाजनक अवस्थामा तिनलाई मालदा मेडिकल कलेज एवम् अस्पतालमा ल्याइए तापनि त्यहाँका डाक्टरले तिनलाई मृत घोषित गरिदिए। ससुराली पक्षले नै तिनको हत्या गरेको मृतकका भाउजु गीता प्रमाणिकले आरोप लगाएकी छन्। अर्कोतिर, ट्रेनले काटेर अथवा फाँसी लगाएर तिनको मृत्यु भएको ससुराली पक्षको भनाइ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *